हेटौंडा, साउन १९ :

बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि भोलि (मंगलबार) दिउँसो २ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन् ।

संविधानको धारा ६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र पाएलगत्तै प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।
उनले साउन १८ गते राजीनामा दिएपछि त्यहाँ सरकार विहिनताको अवस्था रहेको छ ।