मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह#दुई वटा अध्यादेश#राष्ट्रपतिसमक्ष सिफारिस#हेलिकप्टर दुर्घटना#छानबिन सुरु#राजदूत सुधाकर दलेला#राष्ट्रिय योजना आयोगका उपाध्यक्ष#गुणाकर भट्ट#माधव कुमार नेपाल#बृहत्तर कम्युनिष्ट एकता#प्लास्टिकजन्य फूलमाला#बिक्री व्यवस्थापन तथा सहजीकरण #सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह#दुई वटा अध्यादेश#राष्ट्रपतिसमक्ष सिफारिस#हेलिकप्टर दुर्घटना#छानबिन सुरु#राजदूत सुधाकर दलेला#राष्ट्रिय योजना आयोगका उपाध्यक्ष#गुणाकर भट्ट#माधव कुमार नेपाल#बृहत्तर कम्युनिष्ट एकता#प्लास्टिकजन्य फूलमाला#बिक्री व्यवस्थापन तथा सहजीकरण
राजनीति

पत्रकार धरपकडबारे मन्त्री पोखरेल भन्छन्- संवेदनशील सूचना चुहावटसम्बन्धी विषयमा बुझ्न सोधपुछ गरिएको

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
पत्रकार धरपकडबारे मन्त्री पोखरेल भन्छन्- संवेदनशील सूचना चुहावटसम्बन्धी विषयमा बुझ्न सोधपुछ गरिएको
काठमाडौं, कात्तिक १७ :

शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारमाथि भएको धरपकडबारे प्रधानमन्त्री तथा सरकारलाई पूर्वजानकारी नरहेको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पोखरेलले पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारलाई पहिले नै जानकारी नभएको स्पष्ट पारेका हुन् ।

उनका अनुसार पत्रकारमाथि धरपकड भएको जानकारी पाउनासाथ प्रधानमन्त्रीले उनीहरूलाई हिरासतमा नराख्न र तत्काल रिहा गर्न निर्देशन दिएका थिए ।

यसअघि पत्रकारलाई नियन्त्रणमा लिइएको विषयमा अनभिज्ञता जनाएका प्रवक्ता पोखरेलले पत्रकारहरूलाई गिरफ्तार वा नियन्त्रणमा लिइएको नभई संवेदनशील सूचना चुहावटसम्बन्धी विषयमा बुझ्नका लागि मात्र सोधपुछ गरिएको बताएका छन् ।

उनले घटनाका क्रममा कुनै गैरकानुनी कार्य भएको भए वा गृह मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने अवस्था देखिएमा मन्त्रालयले आवश्यक थप कारबाही गर्ने पनि बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार