बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
राजनीति भिडियो

देश संकटमा रहेको प्रचण्डको दाबी, कम्युनिस्ट एकताका लागि एमालेसहितलाई आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
देश संकटमा रहेको प्रचण्डको दाबी, कम्युनिस्ट एकताका लागि एमालेसहितलाई आह्वान
काठमाडौं, कात्तिक १७ :

 नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले, माओवादीघटक लगाएत सवै कम्युनिस्टहरुलाई एकतामा आउन आह्वान गरेका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा उमा भुजेल नेतृत्वको नेकपासँगको एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कम्युनिस्ट पार्टीबीच एकताको दायरा फराकिलो बनाउने योजना साथ पार्टी अघि बढेको भन्दै एमाले, माओवादीघटक लगाएत सवै कम्युनिस्टहरुलाई एकतामा आउन आह्वान गरेका हुन् । विगतका विभिन्न उतारचढाव, असहजता र संकीर्णताहरूलाई पन्छाएर, पूर्वाग्रहमुक्त भई, राष्ट्र र देशको मुक्तीका लागि सबै क्रान्तिकारीहरू फेरि एकपटक एकजुट हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

 प्रचण्डले देश असाधारण संकटमा रहेको यस बेला कम्युनिस्टहरूको एकता तथा देशभक्त र लोकतन्त्रवादीहरूको एकता एक ऐतिहासिक आवश्यकता बनेको धारणा राखे । अहिले देशमा विवेक हराएको र राज्यमा बिचार हराएको टिप्पणी गर्दै प्रचण्डले आवेग, आग्रह–पूर्वाग्रह, निरङ्कुशता, अराजकता, जनतालाई चिमोट्ने, चिथोर्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति देशमा हाबी भएको उल्लेख गरे 

। यस्ता अराजनीतिक र अराजक प्रवृत्तिहरूका विरुद्ध सिद्धान्त र विचारको राजनीति गर्नेहरूले फेरि एकपटक सशक्त रूपमा साझा मोर्चा बनाउनुपर्ने उनको भनाइ छ । उनले पार्टी एकता र आन्दोलनलाई अगाडि बढाउन नेताहरूले अत्यधिक व्यक्तिगत महत्वाकांक्षा नराखी, मानिसको खूबी र क्षमताको कदर गर्दै निस्वार्थ भावले लाग्नुपर्ने बताए ।

नेपाली कम्युनिस्ट पार्टी(नेकपा) मा एकताबद्ध हुँदै उमा भुजेलले माओवादी घटकहरु एक हुनुको बिकल्प नरहेको बताइन्। एकतासम्बन्धी १० बुँदे सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार