मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति #सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति
राजनीति गण्डकी प्रदेश

‘कांग्रेससँग इतिहास मात्र होइन भविष्य हाँक्ने क्षमता पनि छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
‘कांग्रेससँग इतिहास मात्र होइन भविष्य हाँक्ने क्षमता पनि छ’
पोखरा, साउन १९ :

नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेससँग गौरवपूर्ण इतिहाससँगै देशलाई आर्थिक, सामाजिक रूपमा अघि बढाउन सक्ने क्षमता रहेको बताएका छन् ।

कांग्रेस गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अबको कार्यभार आर्थिक समृद्धि रहेको भन्दै त्यसका लागि सुदृढ कांग्रेस बनाउनुपर्नेमा जोड दिए ।

पार्टीलाई संस्थागत रूपमा चलाउनुपर्नेमा आफूले जोड दिँदै आएको भन्दै उनले पार्टी नेतृत्व र कार्यकर्ताले आफ्नो ऊर्जा संगठन सुदृढ बनाउन लगाउन आग्रह गरे । नेता सिंहले पार्टीमा लागेर पार्टीबाट लिनेभन्दा देश र समाजका लागि योगदान गर्ने व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने पनि बताए ।

‘राजनीतिक नेतृत्व मात्र होइन आउने दिनमा आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले गर्नुपर्नेछ,’ उनले भने । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले अहिलेको गठबन्धन परिस्थितिको उपज रहेको दाबी गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार