काठमाडौं, साउन १९ :

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदामा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् ।

पत्नी सविता पौडेलसहित सोमबार उनी वसन्तपुर क्षेत्रमा पुगेर हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गरेको पौडेलको सचिवालयले जनाएको छ । उनलाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरेका थिए ।

त्यसक्रममा उनले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरव, तजेजु मन्दिर, नौतले दरबार, नासल चोक, मूलचोक, त्रिशूलचोकलगायत स्थानको अवलोकन गरेका थिए ।

त्यसअवसरमा प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेश सभा सदस्य शैलेन्द्र बज्राचार्य काठमाडौं  महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।