मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

रोशन कार्कीको आरोप- कुलिङ अफ पिरियडको प्रतिवेदन तयार पार्दा आफूहरुमाथि ब्ल्याकमेलिङ भयो

एमालेले मुख्यसचिवलाई र कांग्रेसले खतिवडालाई बचाउनमा लागे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० साउन, २०८२ मा प्रकाशित
रोशन कार्कीको आरोप-  कुलिङ अफ पिरियडको प्रतिवेदन तयार पार्दा आफूहरुमाथि ब्ल्याकमेलिङ भयो
काठमाडौं, साउन २० :

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद एवं कुलिङ अफ पिरियडबारे छानबिन गर्न गठित विशेष समितिकी सदस्य रोशन कार्कीले प्रतिवेदन तयार पार्दा आफूहरुमाथि ब्ल्याकमेलिङ भएको आरोप लगाएकी छिन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । सांसद कार्कीले आफूहरुले छानबिन समितिको प्रतिवेदनमा चाहेको जस्तो निष्कर्ष निकाल्न नसकेको बताइन् । ठुला राजनीतिक दलको सत्ताको दम्भ र बहुमतको अगाडि आफूहरुको केही नलागेको बताइन । 

नेताहरुले पैसामा नैतिकता बेच्ने गरेको बताइन्। प्रतिवेदन तयार पार्ने काममा सोमबार ५ घण्टा सत्तारुढ दलका सांसदहरु हराएको उनको आरोप छ । संसदीय दलमा बैठक बसेर सांसदहरुलाई सिध्याइदिन्छु जस्ता धम्की दिएको बताइन् । एमालेले मुख्यसचिवलाई बचाउने प्रयास गरेको र कांग्रेसले रामहरि खतिवडालाई बचाउन लागेको बताइन् ।

उनले भनिन्, ‘हामीले चाहेका जस्ता निष्कर्ष निकाल्न सकेनौँ । किनभने हामीले सकेनौँ । ठूला दलका सत्ताको दम्भ र बहुमतको अगाडि हाम्रो केही लागेन । तर पनि रातदिन उहाँहरुसँग लड्यौँ । तीन जनाले । विपक्षी दलमा भएकाहरुले । अन्तिमसम्म लड्यौँ । नैतिकता रहेसम्म कुलिङ अफ पिरियडको आवश्यकता पर्दैन । तर अहिलेसम्म नेपालमा आफ्ना पाप लुकाउन कर्मचारीलाई ठूला पदमा लगिन्छ । नैतिकतालाई पैसामा नेताहरुले बेच्छन् । नैतिकता भन्ने शब्दसँग ठूला दल डराउँदा रहेछन् । किनभने नैतिकता विहीन रहेछन् । सत्तासीन ठूला दलहरु नैतिकताविहीन रहेछन् । दिउँसो ५ घण्टा गायब हुनुभयो । संसदीय दलमा गएर राजनीति तेरो सिध्याइदिन्छु भनेर ब्ल्याकमेलिङ गरेर धम्की दिइयो । एमालेले मुख्यसचिवलाई बचाउन खोजेको थियो । उहाँको नेतृत्व भ्रष्टाचारबाट डुकेको छ । गिरिबन्धु टि स्टेटमा डुबेको छ । कांग्रेसले रामहरि खतिवडा बचाउनु थियो । नैतिकताको आधारले रामहरि खतिवडाले राजीनामा गर्नुपर्छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार