मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार राजनीति भिडियो

म कुलिङ पिरियडकै पक्षमा छु, समितिले मेरो नाम लिएको छैन : रामहरि खतिवडा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० साउन, २०८२ मा प्रकाशित
म कुलिङ पिरियडकै पक्षमा छु, समितिले मेरो नाम लिएको छैन : रामहरि खतिवडा
काठमाडौं, साउन २० :

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आफू सधैं कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समितिले पठाएको रिपोर्टमा कतै पनि आफ्नो नाम उल्लेख नभएको स्पष्ट पारे । आफूले हस्ताक्षर गरेको प्रतिवेदनमा कुलिङ पिरियड रहेको तर बीचमा कतै हटाइएको उनले दाबी गरे । कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बताए ।

‘पहिला समितिले पठाएको रिपोर्ट हेर्नुस् । कसको कसको त्रुटि भयो, नाम कसको कसको उल्लेख गरेको छ, त्यसपछि  कुरा गरौँ । कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा म छु । समितिले कतै रामहरि खतिवडाको नाम लिएको छ भने भन्नुहोला,’ उनले भने, ‘सभापतिको हस्ताक्षर छ, मैले हस्ताक्षर गरेकामा कुलिङ पिरियड छ, त्यो कहाँ त्रुटि भयो छानबिन गर भनेर मेरै अनुरोधमा छानबिन भएको हो ।’ कुलिङ अफ पिरियड छेडखानीविरुद्ध गठित संसदीय छानबिन समितिले आज (मंगलबार) प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार