भदौ ३० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्दैछ । 

दिउँसो १ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
    
बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन र प्रस्तावित नियमावली र कार्यविधिका सम्बन्धमा छलफल हुनेछ ।

त्यसैगरी आजको बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गरी आवश्यक छलफल हुने जनाइएको छ ।