शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ साउन, २०८२ मा प्रकाशित
रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग
काठमाडौं, साउन २१ :

राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समन्वय समूह बनाइ वडाभन्दा तल्लो स्तरमा रहेर अभ्यास गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । वडाभन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनीष झाले बताए ।

उनकाअनुसार समूहको संयोजक टोल समन्वय समूह रहने र पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउनेछ । बैठकले रुपन्देही उपनिर्वाचनको लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

‘अबदेखि टोल समन्वय समूहको परिकल्पना गरेर रास्वपाले वडाभन्दा तल पनि अभ्यास गर्ने निर्णय गरेको छ । हरेक टोलमा सदस्यता विस्तार गर्ने र एउटा जिम्मेवारी राख्ने । सो समूहमा रहेको संयोजक,उपसंयोजक, टोल सदस्यहरु त्यसरी हुन्छ,’ उनले भने, ‘टोल समूहका संयोजक वडा परिषद्‌मा सदस्य हुनुहुनेछ । पालिका अधिवेशनको प्रतिनिधि हुनुहुनेछ ।’

केन्द्रीय समितिको बैठक साउन २३ गते पार्टी केन्द्रीय कार्यालयमा १ बजे बस्ने निर्णयसमेत गरेको बताए । हालसम्म पार्टी सभापतिको पक्षमा ५६ लाख रुपैयाँ सहयोग र ३२ लाख हस्ताक्षर संकलन भएको पनि झाले जानकारी दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार