शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति भिडियो

रोशन कार्कीको टिप्पणी- सरकार संसद्प्रति होइन, संसद सरकारप्रति उत्तरदायी भयो

उनको प्रश्न थियो- दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन ?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ साउन, २०८२ मा प्रकाशित
रोशन कार्कीको टिप्पणी- सरकार संसद्प्रति होइन, संसद सरकारप्रति उत्तरदायी भयो
काठमाडौं, साउन २१ :

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद् रोशन कार्कीले सरकार संसदप्रति नभई संसद सरकारप्रति उत्तरदायी भएको टिप्पणी गरेकी छिन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद कार्कीले सरकार संसदप्रति जबाफदेही बन्नुपर्नेमा हाल ठिक विपरीत अभ्यास भइरहेको  टिप्पणी गरिन् । उनले सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? भन्दै प्रश्न उठाइन् । उनले सरकार भिजिट भिसाको दुरुपयोगप्रति गम्भीर नभएको भन्दै आपत्ति जनाइन् ।

 उनले आफूहरु भिजिट भिसाको विरोधी हामी नभएको उल्लेख गर्दै भिजिट भिसाको नाममा मान्छे मार्ने र बेच्ने कार्यको विरोध गरिरहेको पनि उल्लेख गरिन् । उनले हजारौं नेपाली महिलाहरू वैदेशिक रोजगारीमा गएर यौनदुर्व्यवहारको शिकार भएको, पुरुषहरू बाकसमा फर्किने गरेको उल्लेख गर्दै गृहमन्त्रीको मुटु काँप्दैन ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? के हो यो ? भिजिट भिसाको विरोधी हामीहरु होइनौं । तर भिजिट भिसाको नाममा मान्छेहरुलाई मार्ने र हत्या गर्ने जुन काम भएको छ त्यसको विरोधी हौँ । हामीले भिजिट भिसा हुनु हुदैन भनेर विरोध गरेका छैनौं । आज हजारौं दिदिबहिनिहरु वैदेशिक रोजगारमा गएर बालत्कृत भएका छन् । हाम्रा दाजुभाईहरु बाकसमा फर्किएका छन् । आज दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन ? भ्रष्टाचार त गर्यौ गर्यौं, देश त लुट्यौ नेपालीहरुलाई न मार । भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा लगेर नबेच ।’

उनले भिजिट भिसाको दुरुपयोगको सम्बन्धमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार