काठमाडौं, साउन २१ :

साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्सेमा १.९४ अंकले घटेको छ ।  योसँगै नेप्से २८३२.०६ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.८९ अंकले घट्दै ४८७.५५ विन्दुमा झरेको छ ।

नेप्सेमा आज ३२० वटा कम्पनीको ९३ हजार १८५ पटकको कारोबारमा दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर किनबेच भए । जसअनुसार आज सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँबराबरको कारोबार भएको छ ।

सेयरबजारमा आज १३८ कम्पनीका सेयर मूल्य घटे । यस्तै ११२ वटा कम्पनीको मात्र सेयर मूल्य बढ्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा तीनवटा समूहको सेयर मूल्य बढ्दा एउटा स्थिर रह्यो भने बाँकी ९ समूह राताम्मे बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा विन नेपाल लघुवित्तीय संस्था लिमिटेड परेको छ । यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता २३६७.२० रुपैयाँ कायम रह्यो ।

यसैगरी बढी गुमाउने कम्पनीको पहिलो सूचीमा थ्री स्टार हाइड्रोपावर लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ८४७.७७ रुपैयाँ कायम रह्यो ।

नेप्सेमा आज ङादी ग्रुप पावर लिमिटेडको कारोबार सर्वाधिक भएको छ । ङादीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४१५.३० रुपैयाँ रह्यो । यसको २९ करोड ४५ लाख ५७ हजार ७५४ रुपैयाँको सेयर कारोबार भएको छ ।