संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो ।
त्यसपछिको समयमा भएको कार्यप्रगति समितिलाई उपलब्ध गराउन समिति सभापति ठाकुरप्रसाद गैरेले समितिको तर्फबाट निर्देशन दिए । साथै कार्यप्रगतिको विवरण उपलब्ध गराउन समितिले पत्राचार गर्ने निर्णय भएको पनि बताए ।
‘त्रिवि क्रिकेट रंगशालाको कार्यप्रगति अनुगमनमा हामी गइसकेपछिको प्रगति विवरण के हो त्यो उपलब्ध गराउनु भनेर समितिले निर्देशन दिन्छ । समितिको तर्फबाट पत्रचार गर्दछौ,’ उनले भने ।
अहिले मैदान स्तरोन्नति, प्यारापेट, फ्लडलाइट बनाउने काम भइरहेको छ । समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना भराइ काम भइरहेको छ । मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक
कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्छ : विश्वप्रकाश शर्मा
थप समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक