शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति भिडियो

झलनाथलाई माधवको सल्लाह- ओलीजीको सेवा गरेर बसे हुन्छ

संविधान मिच्ने, संसद् विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएँ : माधव नेपाल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ साउन, २०८२ मा प्रकाशित
झलनाथलाई माधवको सल्लाह- ओलीजीको सेवा गरेर बसे हुन्छ
काठमाडौं, साउन २३ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्ने कुरा गर्न पार्टीको अनुशासनविपरीत रहेको तर्क गरे । उनले विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाहसमेत दिए ।

‘पार्टीको अनुशासन पालना गर्नुपर्छ । विरुद्धमा होइन । मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो ? विद्रोह ठीक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि । हामीले ठीक गरेका छौं,’ अध्यक्ष नेपालले भने ।

पार्टीको हित र पक्षमा मात्रै प्रचार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन नेपालले निर्देशन दिए । संविधान मिच्ने, संसद् विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएको उनको स्पष्टोक्ति छ ।

अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलनलाई आफूहरुले जोगाएर ल्याएको दाबीसमेत गरे ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार