
मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो देशभर साधारणत: बदली रहनेछ । कोसी, बागमती र गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशभर शनिबार राति साधारणत: बदली रहनेछ । महाशाखाका अनुसार मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र बागमती प्रदेशको पहाडी भू-भाग र मधेस प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।