मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा, सुरक्षाकर्मी बाहिरै

कारागारमा शुक्रबार राति झडप हुँदा एक जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ साउन, २०८२ मा प्रकाशित
कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा, सुरक्षाकर्मी बाहिरै
कैलाली, साउन २४ :

कैलाली जिल्ला कारागार कैदीबन्दीहरूले नियन्त्रणमा लिएका छन्। शुक्रबार राति एक जनाको मृत्यु र थुप्रै घाइते हुनेगरी भएको झडपपछि कैदीबन्दीहरूले कारागारभित्र ताल्चा लगाएर सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छैन।

सुरक्षा स्रोतका अनुसार कैदीबन्दीहरूले थुनुवा कक्षको मुख्य गेट भित्रबाट बन्द गरेर त्यहाँ ग्यास सिलिन्डर राखेका छन्। कुनै पनि व्यक्ति भित्र प्रवेश गरे सिलिन्डर पड्काएर आगो लगाइदिने चेतावनी दिइएको छ। यस कारण सुरक्षाकर्मी भित्र प्रवेश गर्न सकेका छैनन् र भित्रको वास्तविक क्षति विवरण अझै पत्ता लाग्न सकेको छैन।

१५० जनाको क्षमता रहेको यो कारागारमा हाल करिब ७०० जना कैदीबन्दी छन्। शनिबार राति करिब ११ बजे भएको ठूलो झडपमा लागुऔषध मुद्दाका थुनुवा, धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको हो। घटनामा ४७ जना घाइते भएका छन्।

घाइतेमध्ये गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरीलाई आईसीयूमा राखी उपचार भइरहेको छ भने अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। कैलाली कारागारमा केही दिनयता तनाव बढिरहेको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार