काठमाडौँ,साउन १५: प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई आज मन्त्रालयगत कामको प्रगति र भावी योजनाबारे निर्देशन दिदैहुनुहन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामको अवस्था र भावी योजनाका बारेमा अस्ति साउन १३ गते ब्रिफिङ लिनुभएको थियो ।

सो अवसरमा सबै सचिवहरूले आ आफ्नो मन्त्रालय अन्तर्गतको कार्यप्रगति, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधान लगायतकाबारे प्रस्तुति दिएका थिए ।