सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार

४ महिनामा विपद्‌का २६ सय ७५ घटना, ४७२५ परिवार प्रभावित

विपद्‌का घटनामा परेर ११७ जनाको मृत्यु हुँदा ५६४ जना घाइते
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
४ महिनामा विपद्‌का २६ सय ७५ घटना, ४७२५ परिवार प्रभावित
काठमाडौं, साउन २५ :

गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार ६७५ विपद्का घटना भएका छन् ।

ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपद्‌का घटनामा परेर ११७ जनाको ज्यान गएको छ भने ५६४ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य १९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट एक हजार ३१३ घरपरिवार प्रभावित भएका छन् ।

प्राधिकरणको विवरणअनुसार पहिरोका कुल २८१ घटना भएका छन् । त्यसमा परेर १३ जनाको ज्यान जाँदा १७ जना घाइते भएका छन् ।

यस्तै भारी वर्षाका कारण १७४, चट्याङका कारण १४४, सर्पदंशका कारण ७४, आगलागीका कारण एक हजार ६६, वन डढेलोबाट १५८, हावाहुरीबाट २७६, जनावर आक्रमणबाट १५३, लेक लागेर  ४१, भूकम्पका कारण पाँच घटना भएका छन् । विपद्जन्य घटनाका कारण चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । त्यसमा परेर २२ जना बेपत्ता भएका छन् ।

यस्तै साउन २४ गतेसम्म मात्रै ३५ विपद्‌का घटना भएका छन् । त्यसमा सबैभन्दा बढी पहिरोका १३, आगलागीका चार, बाढी एक, अविरल वर्षा पाँच, चट्याङ एक, लेक लागेको दुई र जनावरको आक्रमणबाट एउटा घटना भएको छ । ती घटनामा परेर ६ जना घाइते भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार