
काठमाडौं, साउन २५ :
राष्ट्रिय क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । उनकी ६३ वर्षीया आमा शुभकुमारी राजवंशीको विराटनगर १४, जतुवास्थित आफ्नै निवास आइतबार निधन भएको हो ।
उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिइन् । शुभकुमारीका तीन छोरा र एक छोरी छन् । ललितले सामाजिक सञ्जालमा ‘आई एम सो सरी मामु’ लेखेका छन् ।
ललित घरका कान्छा छोरा हुन् । उनका ६३ वर्षीय बुवा जयनारायण, जेठो दाइ युगलकिशोर, माइलो दाइ रामकिशोर र बहिनी सुमन छन् ।
जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद सादबाबु कुरैसीका अनुसार उनको आजै अन्त्येष्टि गरिँदै छ । यसका लागि ललित पनि घर पुगिसकेका छन् ।