शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
खेलकुद

अशोक उत्कृष्ट निर्णायक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
अशोक उत्कृष्ट निर्णायक
काठमाडौं, साउन २५ :

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का आठौं गेबिन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक घोषित भएका हुन् । अशोक मलेसियाबाटै अस्ट्रेलियामा हुने विभिन्न चार विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जानेछन् ।

मलेसियाको प्रतियोगितामामा नेपाली खेलाडीले ३ स्वर्ण र १ रजत जितेका थिए । पुरुष ४० केजीमुनि केनिश खड्का, ६६ केजीमुनि गोविन्दयोञ्जन तामाङ, स्पिड किकमा आयुश बोहोरा र ७४ केजीमुनि सन्दीप बस्नेतले रजत जितेका थिए ।

टोली प्रमुखमा महेन्द्रराज घिमिरे, व्यवस्थापकमा गणेशबहादुर खड्का र प्रशिक्षकमा श्रीकृष्ण खड्का छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार