
भदौ ३१ :
मुस्ताङको मुक्तिक्षेत्र गाउँपालिका- १ मा पर्ने खिङ्गा गाउँमा फापर फुलेर झपक्कै भएको छ ।
मुक्तिनाथ आसपासका खेतबारीमा यो मौसममा फापर फुलेर रमणीय बनेको हो ।
मुस्ताङको कागबेनी- मुक्तिनाथ सडकबाट यात्रा गर्ने जो कोही केहीबेर रोकिएर फुलेको फापर हेर्दै फोटो खिच्ने र आनन्द लिने गरेको स्थानिय बताउँछन् ।
