शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

एकीकृत समाजवादीद्वारा जथाभावी अभिव्यक्ति नदिन नेता-कार्यकर्तालाई निर्देशन

फरकमत बैठकमा राख्न आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
एकीकृत समाजवादीद्वारा जथाभावी अभिव्यक्ति नदिन नेता-कार्यकर्तालाई निर्देशन
काठमाडौं, साउन २७ :

नेकपा एकीकृत समाजवादीले पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टी अनुशासन उल्लङ्घन हुनेगरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्टसमेत नगर्न पार्टीले आज सो निर्देशन दिएको हो । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको जानकारी दिए।

उनले भने, ‘पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरकमतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु ।’

सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको विवादलाई लिएर पार्टीका नेताहरु पनि दुई भागमा बाँडिएका छन् । सार्वजनिक रुपमा आरोप प्रत्यारोप चल्न थालेपछि पार्टी नेताहरुलाई जथाभावि नबोल्न र सामाजिक सञ्जालमा पनि पोष्ट नगर्न पार्टीले निर्देशन दिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार