काठमाण्डौँ , भदौ ३१ :

एन्फा महिला फुटबल लिगमा आज दुई खेल हुदै छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्नेछन् । 

यि दुई टोलीको खेल मध्यान्ह १२ः ३० बजे शुरु हुने छ ।

त्यस्तै दोस्रो खेलमा बागमती यूथ क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यो समुहको खेल दिउसो ३ः ३० बजे सुरु हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।