मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

‘कुलिङ अफ पिरियड’का कारण समिति सभापतिबाट राजीनामा दिने मनस्थितिमा रामहरि खतिवडा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
‘कुलिङ अफ पिरियड’का कारण समिति सभापतिबाट राजीनामा दिने मनस्थितिमा रामहरि खतिवडा
काठमाडौं, साउन २७ :

‘कुलिङ अफ पिरियड’ कारण प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिने मनस्थितिमा पुगेका छन् । 

समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे 'कुलिङ अफ पिरियड' को प्रावधानमा छलछाम भएपछि त्यसमा सभापतिको भूमिकालाई मध्यनजर गर्दै खतिवडा राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।

निजामती  कर्मचारीले सेवानिवृत्त भएपछि दुई वर्षसम्म संवैधानिक आयोग, सरकारी लगायतका नियुक्ति लिन नपाउने गरि समितिले 'कुलिङ अफ पिरियड'को व्यवस्था पारित गरेको थियो । तर, विधेयकको प्रतिवेदन लेखनका क्रममा समितिले सर्वसम्मत पारित गरेको प्रावधानलाई हटाइएको थियो । छलछामको विषयलाई लिएर सभापति खतिवडामाथि शंका र आलोचना भएपछि संसद्ले छानबिन विशेष समिति बनाउन बाध्य भएको थियो ।

कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्वमा संसदीय विशेष समितिले राजनीतिक र नैतिक जिम्मेवारी सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुराले लिनुपर्ने गरी किटान गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार