शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार विदेश

कक्षाकोठाको मोनिटरमा अश्लील फिल्म, जहाँ थिए १३ विद्यार्थी...

प्रधानाध्यापक भन्छन्- भिडियो ८ महिना पुरानो हो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ साउन, २०८२ मा प्रकाशित
कक्षाकोठाको मोनिटरमा अश्लील फिल्म, जहाँ थिए १३ विद्यार्थी...
तस्बिर : एआईद्वारा निर्मित
मध्य प्रदेश, साउन २८ :

भारत मध्य प्रदेशको राजगढमा  रहेको पीएम श्री विद्यालयको एउटा कक्षाकोठामा राखिएको एलईडी मोनिटरमा अश्लील फिल्म चलेको छ ।

कक्षाकोठामा अश्लील फिल्म चलेपछि अर्का विद्यार्थीले यसको भिडियो बनाएका थिए । १३ विद्यार्थी रहेको उक्त कक्षाकोठामा अश्लील फिल्म चलेपछि बनाइएको भिडियो अहिले सामाजिक सञ्जलामा भाइरल भइरहेको छ ।

पीएम श्री  विद्यालयका प्रधानाध्यापकले यो भिडियो ६ देखि ८ महिना पुरानो भएको बताएका छन् ।

यो भिडियो भाइरल नगर्ने बदलामा एक युवकले ५० हजार रुपैयाँ मागेको र पैसा नदिएपछि सामाजिक सञ्जालमा भिडियो भाइरल बनाएको विद्यालय प्रशासनले दाबी गरेको छ ।

अब स्थानीय प्रशासन र प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यम आजतकले समाचारमा उल्लेख गरेको छ । साथै जिल्ला शिक्षा अधिकारीले यस विषयमा निष्पक्ष अनुसन्धान गर्न आदेशसमेत दिइसकेको समाचारमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार