
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुखसहित वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।
व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएका छन् । विदेशमा रहेका कोइरालाले काम गर्न असमर्थ भएको जनाउँदै आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।उनले आफ्नो व्यक्तिगत सामानबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेको जनाएका छन् ।
उनले केन्द्रको प्रगति, स्वास्थ्यमन्त्री प्रदीप पौडेल,पूर्वस्वास्थ्यमन्त्री गगन थापालगायतको सपना र स्वास्थ्य सेवाप्रति संघीय सरकारको प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।
तर, अस्पताल प्रशासनले भने डा. कोइरालाले राजीनामा भने नदिएको जनाएको छ । अमेरिकामा रहेकी छोरीसँग भेट गर्ने भन्दै ४१ दिनको घरायसी बिदा मागेर जानु भएको र राजीनामाको कुरा नभएको जनाएको छ । डा. रामेशले गंगालाल अस्पतालमा २५ वर्ष बिताइसकेका छन् ।