शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भूमिहीन#लालपुर्जा#घरेलु फुटबल#नेपाली फुटबल#वासना थापा#कांग्रेस प्रमुख सचेतक#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी #भूमिहीन#लालपुर्जा#घरेलु फुटबल#नेपाली फुटबल#वासना थापा#कांग्रेस प्रमुख सचेतक#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी
राजनीति भिडियो

सरकारलाई रास्वपाको प्रश्न- जीबी राई घरभित्र छन् कि सत्ताको ओढारभित्र ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ साउन, २०८२ मा प्रकाशित
सरकारलाई रास्वपाको प्रश्न- जीबी राई घरभित्र छन् कि सत्ताको ओढारभित्र ?
काठमाडौं, साउन २८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीका अभियुक्त जीबी राईलाई सरकारले किन पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेको छ।

प्रतिनिधिसभाको बुधबारको बैठक सुरु भएपछि सभामुखसँग समय लिएर रास्वपाका सांसद अशोककुमार चौधरीले सरकार र गृहमन्त्रीलाई एकपछि अर्को प्रश्न गरेका हुन्।

चौधरीले जीबी राईलाई कहाँ लुकाइएको छ ? कति महिना भयो गृहमन्त्री भएको ? उनी घरभित्र छन् कि सत्ताको ओढारभित्र ?

सांसद चौधरीले गिरिबन्धु टीइस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनबारे पनि प्रश्न उठाए। उनले भने, ‘गिरिबन्धु टिइस्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?’

त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयानबारे समेत उनले प्रश्न गरे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान कहाँ पुग्यो ?’

रास्वपाले यस्ता संवेदनशील विषयहरूमा सरकारले ठोस जवाफ नदिएको भन्दै आलोचना गर्दै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार