सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
अर्थतन्त्र कर्पोरेट

अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ, यस्तो छ विदेशी मुद्राको विनिमयदर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ साउन, २०८२ मा प्रकाशित
अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ, यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं, साउन २९ :

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ ।

यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ ३० पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३८ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ र बिक्रीदर ४५८ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २९ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार