
काठमाण्डौँ , भदौ ३१ :
संसद् बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
सभामुख घिमिरेले अहिले बिहान ११ बजे सिंहदरबारमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकहरुलाई छलफलका लागि बोलाउनुभएको हो ।
आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक अवरोध गर्ने जनाएपछि सभामुख घिमिरेले दलहरूसँग छलफल गर्न लाग्नुभएको हो ।
माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले माओवादी जनयुद्धलाई अपमान गर्न खोजिएको भन्दै सभामुखले ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने निर्णय नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको थियो ।