मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
विदेश

युक्रेनका राष्ट्रपति जेलेन्स्की ट्रम्पलाई भेट्न अमेरिका जाँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
युक्रेनका राष्ट्रपति जेलेन्स्की ट्रम्पलाई भेट्न अमेरिका जाँदै
युक्रेन, साउन ३१ :

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार वाशिङ्टन जाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘युद्ध र हिंसा’ को अन्त्य गर्ने विषयमा महत्वपूर्ण छलफल गर्ने कार्यक्रम रहेको बताएका छन् ।

उनले शनिबार एक वक्तव्य जारी गर्दै भने, ‘म सोमबार वाशिङ्टन डी.सी. मा राष्ट्रपति ट्रम्पसँग भेटघाट गर्नेछु र युद्ध र हत्या बन्द गर्ने सबै विषयमा विस्तृत रुपमा छलफल गर्नेछु । यो सम्मानजनक निमन्त्रणा पाउँदा म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

राष्ट्रपति जेलेन्स्कीले अमेरिकाका राष्ट्रपतिसँग भएको गम्भीर र फलदायी कुराकानीको पनि उल्लेख गरे, जुन सुरुमा दुई नेताबीच भएको थियो र पछि युरोपेली नेताहरूले पनि सहभागी भएर वार्तालाई अझ प्रभावकारी बनाएका थिए ।

यो भेटघाट अमेरिकी राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा सम्पन्न वार्तापछि तय गरिएको हो, जहाँ अहिलेसम्म कुनै युद्धविराम घोषणा भएको छैन ।

जेलेन्स्कीले युरोपेली साझेदारहरूलाई वार्ताका प्रत्येक चरणमा समावेश गर्न आग्रह गर्दै उहाँ ट्रम्प र पुटिनसँग त्रिपक्षीय वार्तामा सहभागी हुन पूर्ण रूपमा तयार हुनुहुने पुनः स्पष्ट पार्नुभयो । उनले भने, ‘महत्वपूर्ण विषयहरू नेताहरूको स्तरमा छलफल गर्नुपर्छ र त्रिपक्षीय वार्ताको ढाँचा उपयुक्त तथा प्रभावकारी हुनेछ ।’

यस प्रकारको भेटवार्ताले अन्तर्राष्ट्रिय शान्ति प्रयासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार