मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति #सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति
राजनीति

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमको परीक्षण र डेमो प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ भदौ, २०८२ मा प्रकाशित
नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमको परीक्षण र डेमो प्रदर्शन
काठमाडौं, भदौ ६ :

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे परीक्षण गर्दै डेमो प्रदर्शन गरिएको छ ।

सिंहदरबारभित्रै बनिरहेको संसद् भवनमा आधुनिक प्रणाली जडान गरिँदै छ । विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसद्‌मा प्रयोग गरिएको सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए ।

‘नयाँ संसद् भवनमा प्रविधिबारे आज (शुक्रबार) उपप्रधानमनत्री एवं सहरी विकासमन्त्रीज्यूलाई ब्रिफिङ गरिएको छ । संसद् भवनमा राखिएको कन्फ्रेन्सिङ सिस्टमले कसरी काम गर्छ ? परीक्षण पनि गरियो,’ सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभामा ३५४ वटा र राष्ट्रिय सभामा ९४ वटा डिभाइस हरेक टेबलमा जडान हुनेछ । नयाँ संसद् भवनमा जडान हुने प्रविधि अहिलेको संसद् भवनको भन्दा आधुनिक हुनेछ । जसमा आफ्नो कुर्सीमा जडित डिभाइसबाट मतविभाजनका क्रममा मत दिन सकिने, संसद्‌मा प्रस्तुत विधेयकहरु र अन्य डकुमेन्ट सिधै डिभाइसमा हेर्न मिल्नेछ भने संसद्‌को क्यामेरा सिस्टम पनि डिभाइसमा आधारित हुनेछ ।

संसद् भवनको निर्माण कार्यसँगै संसद्‌भित्रको प्राविधिक पक्ष उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री सिंहले जोड दिए । नयाँ प्रविधिले संसद्‌को कामकारबाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसहित संघीय संसद्‌का महासचिव, सचिव, सचिवालयका प्रतिनिधिहरुबीच नयाँ प्रणालीले कसरी काम गर्छ परीक्षण गरेर देखाइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार