आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार प्रदेश कोसी प्रदेश

कोसी राजमार्गको हुङ्गुङ खण्डमा ठुलो पहिरो, तीन दिनदेखि आवागमन पूर्ण रूपमा ठप्प

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ भदौ, २०८२ मा प्रकाशित
कोसी राजमार्गको हुङ्गुङ खण्डमा ठुलो पहिरो, तीन दिनदेखि आवागमन पूर्ण रूपमा ठप्प
सङ्खुवासभा, भदौ ७ :

कोसी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।

खाँदबारीदेखि किमाथाङ्का नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिराका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो ।

उत्तर-दक्षिण कोसी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुङ्गा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ । ‘सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्नसक्ने अवस्था छैन । भिरालो भू-भाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ,’ उनले बताए ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ । तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रुसमेत समस्यामा परेका छन् ।

गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो असाध्यै ठूलो भएकाले सडक कहिले खुल्ने भन्ने टुङ्गो लाग्न सकेको छैन । हाल पहिरो पन्छाउने प्रयास जारी राखेको भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना देखिएको छैन । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार