मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति कोसी प्रदेश स्वास्थ्य

स्थानीय निकायले असोजसम्ममा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने : स्वास्थ्यमन्त्री पौडेल

धरान अस्पतालमा एमबिबिएसको ३० वटा सिट थप हुने । अन्य सरकारी अस्पतालले माग गरेनन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ भदौ, २०८२ मा प्रकाशित
स्थानीय निकायले असोजसम्ममा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने : स्वास्थ्यमन्त्री पौडेल
फाइल तस्बिर ।
विराटनगर, भदौ ७ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रुपमा  आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले  नागरिकलाई सहज, सरल एवं न्यून शुल्कमा उपचार प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय निकायमा स्वास्थ्य बिमा प्रथम सेवा केन्द्र र सरकारी अस्पताललाई विशिष्टिकृत उपचार केन्द्रका रुपमा विभाजन गरिएको जानकारी दिए ।

नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर नै आधारभूत र विशिष्टिकृत स्वास्थ्य सेवा केन्द्रमा जटिल रोगको उपचारको व्यवस्था गरिएको उनको कथन थियो । संविधानले व्यवस्था गरेअनुसार स्थानीय निकायले आधारभूत स्वास्थ्य दिनुपर्छ भन्दै पालिकाले आफ्नो १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री पौडेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मागअनुसार आगामी दुई दिनमा एमबिबिएसको ३० वटा सिट थप हुने जानकारी दिँदै अन्य सरकारी शिक्षण अस्पतालले सिट थपका लागि कुनै माग नगरेका बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार