शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

‘शिक्षा क्षेत्रको कमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउन नेविसंघले भूमिका खेलोस्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ भदौ, २०८२ मा प्रकाशित
‘शिक्षा क्षेत्रको कमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउन नेविसंघले भूमिका खेलोस्’
काठमाडौं, भदौ ७ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा रहेको कमी-कमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउन भूमिका निर्वाह गर्न नेविसंघलाई सुझाएका छन् ।

नेपाल विद्यार्थी संघ काठमाडौंका पूर्वजिल्ला अध्यक्ष सम्मान कार्यक्रम एवं विद्यालय शिक्षा विधेयकसम्बन्धी सचेतना सभामा उनले परिवर्तित समयअनुसार नेविसंघको भूमिका परिष्कृत हुनपर्नेमा जोड दिए । उनले नेविसंघका गतिविधि शिक्षा क्षेत्र, अभिभावक र विद्यार्थी सबैले रूचाउने ढंगले अगाडि बढाउन पनि नेविसंघ नेतृत्वलाई सुझाए ।

‘अहिलेको परिवर्तित समयमा नेविसंघले विद्यार्थीका मुद्दा राम्रोसँग पहिचान गरेर सम्बोधन गर्नतर्फ लाग्नुपर्छ । शिक्षामा कमी-कमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउन नेविसंघले काम गरोस्,’ उनले भने । शिक्षा क्षेत्रलाई राम्रोसँग अघि बढाउँदा समाज गतिशील हुने भन्दै शैक्षिक सुधारमा उनले जोड दिए ।

नेविसंघ काठमाडौंका पूर्वअध्यक्षसमेत रहिसकेका सिंहले नेविसंघको महाधिवेशन नजिकिएको भन्दै उपयुक्त व्यक्तिलाई नेतृत्वमा ल्याउन अहिलेबाटै लाग्न पनि विद्यार्थीलाई सुझाव दिए ।

उनले संसद्‌मा शिक्षा विधेयक प्रक्रियामा रहेको र यसले शिक्षामा सुधार ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभागका प्रमुख नैनसिंह महरले नेविसंघले विगतमा खेलेको भूमिकाको चर्चा गर्दै नेविसंघलाई गतिशील बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेविसंघ काठमाडौं जिल्लाका पूर्वअध्यक्षहरुलाई सम्मान पनि गरिएको नेविसंघ काठमाडौंका अध्यक्ष अंशुल केसीले जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार