मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार

यस्तो छ तीजका दिन पशुपति क्षेत्रमा सवारी निषेध र पार्किङको व्यवस्था

भक्तजनलाई सम्भव भएसम्म सार्वजनिक यातायात प्रयोग गर्न कोषको आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ भदौ, २०८२ मा प्रकाशित
यस्तो छ तीजका दिन पशुपति क्षेत्रमा सवारी निषेध र पार्किङको व्यवस्था
काठमाडौं, भदौ ८ :

हरितालिका तीजको अवसरमा पशुपति क्षेत्रमा भक्तजनको बढ्दो भीडलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्थापन गर्ने भएको छ।

आइतबार आयोजित  पत्रकार सम्मेलनमार्फत कोषले मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएको छ। कोषका अनुसार दमकल, एम्बुलेन्स र शव वाहनबाहेक अन्य कुनै पनि सवारीसाधनलाई प्रवेश अनुमति दिइने छैन।

 उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भुवनेश्वरी–गौशाला हुँदै वनकाली क्षेत्रसम्मको दर्शन मार्गमा साधारण सवारी प्रवेश निषेध गरिएको छ।

यस्तो छ पार्किङ व्यवस्था :

तिलगङ्गा आँखा अस्पताल क्षेत्र – भक्तजनका सवारी साधनका लागि

सिफल चौर – भक्तजनका सवारी साधनका लागि

गुह्येश्वरी पारीको खाली स्थान – भक्तजनका सवारी साधनका लागि

पशुपति क्षेत्र विकास कोष कार्यालय परिसर तथा अमालकोट कचहरी परिसर – कोषका आफ्ना सवारी र पर्वसँग सम्बन्धित निकायका सवारीका लागि

भण्डारखाल पूर्व पार्किङ क्षेत्र – सरकारी संस्थान र विशिष्ट व्यक्तिका सवारीका लागि

कोषले भक्तजनलाई सम्भव भएसम्म सार्वजनिक यातायात प्रयोग गर्न र ट्राफिक नियमको पालना गर्न अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार