
चालु आव ०८२/८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकडभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख रुपैयाँबराबरका मालवस्तु आयात भएका छन् ।
यो गत आव ०८१/८२ को सोही अवधिको तुलनामा १९ करोड दुई लाख रुपैयाँले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंले जानकारी दिए । उनका अनुसार गत आवमा तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आवको साउनमा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा एक अर्ब ५४ करोड २८ लाख रुपैयाँबराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा एक अर्ब ८० करोड ८२ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो ।
कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने १५ करोड १८ लाख रुपैयाँले बढेको छ । गत आव ०८१/८२ को साउनमा एक अर्ब ११ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । -रासस