सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा रविको निवेदन

उनको निवेदनमा बुधबारका लागि पेसी तोकियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ भदौ, २०८२ मा प्रकाशित
रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा रविको निवेदन
काठमाडौं, भदौ ९ :

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीको थुनामै राख्ने आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता गरेका छन्। उक्त निवेदनमा आगामी बुधबार (भदौ ११) का लागि पेसी तोकिएको छ।

लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको जिकिर गर्दै आफ्नो भागको बिगो बराबरको रकम बैंक जमानतमार्फत बुझाएको आधारमा थुनामुक्त गर्न माग गर्दै साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए। उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित निवेदन दर्ता गराएका थिए।

तर, जिल्ला अदालत रूपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले साउन २६ गते सुनुवाइ गर्दै ‘लामिछानेको भागको ठगी रकम एकीन नभएकाले’ भन्दै रिहाको माग अस्वीकार गरेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित अन्य प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरिएको अभियोग पत्र दायर गरिएको छ। रविले उक्त रकमको चार भागमध्ये एक भाग बराबरको रकम बुझाएका हुन्।

जिल्ला अदालतले यसअघि एक करोड धरौटीमा रिहा गर्ने आदेश दिए पनि उच्च अदालत र सर्वोच्च अदालतबाट थुनामै राख्नुपर्ने आदेश भएको भन्दै पुनः थुनामा राखिएको थियो।

लामिछानेलाई केही दिनअघि भैरहवाबाट सरुवा गरी ललितपुरको नख्खु कारागारमा राखिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार