भरतपुर, असोज १ :

नारायणगढ- मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । 

इच्छाकामना गाउँपालिका- ६ मा पर्ने सडक हिजो भासिएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको बताउनुभयो ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

 सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गर्न सुरु भएको बताइएको छ ।