सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

कृष्ण सिटौलाले भने- गगन थापालाई सभापति भन्न पटक्कै मन छैन

निर्वाचन आयोगबाट गल्ती भए पनि सर्वोच्च अदालतबाट कांग्रेसले न्याय पाउने विश्वास
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ साउन, २०८३ मा प्रकाशित
कृष्ण सिटौलाले भने- गगन थापालाई सभापति भन्न पटक्कै मन छैन
काठमाडौं, साउन २९ :

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेको आफूलाई स्वीकार्य नभएको बताएका छन्। शुक्रबार सुकेधारामा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनलाई मान्यता दिन नसकिने बताए।

सिटौलाले थापा अवैधानिक प्रक्रियाबाट सभापति बनेको दाबी गर्दै सर्वोच्च अदालतले पुनरावलोकनको बाटो खोलेकाले गल्ती सच्याउन आग्रह गरे। उनले थापालाई अरूलाई नसोधी आफ्नै अन्तरआत्मालाई सोधेर निर्णय लिन पनि सुझाव दिए।

‘विशेष महाधिवेशनलाई मान्यता दिन सकिँदैन,’ सिटौलाले भने, ‘गगन भाइलाई सभापति भन्न पटक्कै मन लागेको छैन।’

उनले थापा र विश्वप्रकाश शर्माले विगतमा कांग्रेसको मानवीय चरित्र गुमाएको आरोप लगाउँदै युवाहरूलाई त्यस्तो गल्ती नदोहो¥याउन आग्रह गरे। निर्वाचन आयोगबाट गल्ती भए पनि सर्वोच्च अदालतबाट कांग्रेसले न्याय पाउने विश्वास रहेको सिटौलाको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार