
फाइल तस्बिर।
तनहुँ, भदौ १० :
तनहुँको देवघाट गाउँपालिका ५, बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका अर्का किशोरलाई सकुशल उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका १६, मंगलपुरका १७ वर्षीय कृष्ण लामिछाने छन् । लामिछानेसँगै पौडी खेल्न गएका भरतपुर १५, फूलबारीका १३ वर्षीय कुशल ढकालको भने सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जनाए ।
थापाका अनुसार स्थानीय सोमबहादुर बोटेले बालक ढकालको उद्धार गरेका थिए । उनले भने, ‘इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीबाट बेपत्ता बालकको खोजी भइरहेको छ । फेला पार्न सकिरहेको छैन ।’