
गाली बेइज्जती र चरित्र हत्या सम्बन्धी उजुरीपछि पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर र उनकी श्रीमतीलाई हाजिरी जमानीमा रिहा गरिएको छ। साइबर ब्युरोका अनुसार उनीहरूलाई सरकारी वकिल कार्यालय, काठमाडौंले अदालत नलगि रिहा गरेको हो।
महरविरुद्ध एक महिलाले हुलाकमार्फत उजुरी दिएकी थिइन्। उजुरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। त्यसपछि उनलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको थियो।
सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले दुवै पक्षबाट उजुरी परेको जनाउँदै भने, ‘पहिला महरले उजुरी दिएपछि ती महिला हाजिरी जमानीमा छुटेकी थिइन्, अहिले महिलाको उजुरीपछि महरलाई पनि त्यही प्रक्रियामा रिहा गरिएको हो।’
महरसँगै प्रहरीमा पुगेकी उनकी श्रीमतीविरुद्ध पनि छुट्टै उजुरी परेको थियो। उनलाई पनि हाजिरी जमानीमा रिहा गरिएको छ।