सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित #दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित
राजनीति

एमाले नेता ऐन महर हाजिरी जमानीमा रिहा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ भदौ, २०८२ मा प्रकाशित
एमाले नेता ऐन महर हाजिरी जमानीमा रिहा
काठमाडौं, भदौ ११ :

गाली बेइज्जती र चरित्र हत्या सम्बन्धी उजुरीपछि पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर र उनकी श्रीमतीलाई हाजिरी जमानीमा रिहा गरिएको छ। साइबर ब्युरोका अनुसार उनीहरूलाई सरकारी वकिल कार्यालय, काठमाडौंले अदालत नलगि रिहा गरेको हो।

महरविरुद्ध एक महिलाले हुलाकमार्फत उजुरी दिएकी थिइन्। उजुरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। त्यसपछि उनलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको थियो।

सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले दुवै पक्षबाट उजुरी परेको जनाउँदै भने, ‘पहिला महरले उजुरी दिएपछि ती महिला हाजिरी जमानीमा छुटेकी थिइन्, अहिले महिलाको उजुरीपछि महरलाई पनि त्यही प्रक्रियामा रिहा गरिएको हो।’

महरसँगै प्रहरीमा पुगेकी उनकी श्रीमतीविरुद्ध पनि छुट्टै उजुरी परेको थियो। उनलाई पनि हाजिरी जमानीमा रिहा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार