भक्तपुर, भदौ १२ :

सामाजिक अभियन्ताको रुपमा आफूलाई परिचित गराउँदै आएकी आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद र ५ सय रुपैयाँ जरिबाना तोकेको छ । 

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित शरण तिरूवालाई दोषी ठहर गर्दै र ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति तिर्ने सजाय पनि सुनाएको छ।साथै, पीडित राहत कोषमा २ सय रुपैयाँ जम्मा गर्न पनि आदेश दिइएको छ।

भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँ शुल्कको विरोध गर्दै रसिद च्यातेर जलाएको घटनामा उनीमाथि आपराधिक उपद्रवको अभियोगमा मुद्दा दायर भएको थियो। तर तामाङले भने सामाजिक सञ्जालमार्फत आफूलाई अदालतले सफाइ दिएको दाबी गरेकी छन्।