काठमाडौँ, असोज १ :

माओवादी केन्द्रले प्रतिनिधि सभाको आजको बैठक संचालन गर्न दिने भएको छ। 

प्रतिनिधि सभाको आजको कार्यसूचीको टुंगो लगाउन सभामुख देवराज घिमिरेले बोलाउनुभएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा माओवादीले आफ्नो विषय राखेर संसदलाई सुचारु गर्न दिने सहमति गरेको छ ।

संसदको अधिवेशन अन्त्य तथा आज प्रधानम्त्रीको प्रतिनिधि सभाको बैठकमा हुने सम्बोधनलाई लिएर केहीबेर अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले आफूहरु ‘हिंसा’ भन्दे शब्द हटाउनुपर्छ भन्ने पक्षमा भएपनि प्रधानमन्त्रीले विदेश जाने सन्दर्भमा संसदमा बोल्न लाग्नुभएकोले आफ्नो कुरा राखेर अबरोध हटाउने बताउनुभयो । यसैगरी नेता पाण्डेले सभामुखको विरोधमा माओवादी केन्द्र नभएको पनि स्पष्ट पार्नुभएको  छ ।

प्रतिनिधि सभाको बैठक अहिले बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ।