अछाम, भदौ १३ :

छाउगोठमा सुतेका दुई जनाको भिरबाट खसेको ढुंगाले थिचेर मृत्यु भएको छ । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । अन्य एकजना घाइते भएकी छन् ।

पञ्चदेवल विनायक नगरपालिका ८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका ६ का गोरे भण्डारीकी ७ वर्षीया छोरी कविताको छाउगोठमा सुतेका बेला ढुंगाले थिचेर आज (शुक्रबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले जानकारी दिए ।

यो घटनामा घाइते भएकी कविताकी आमालाई उपचारका लागि स्वास्थ्यचौकी पठाइएको छ ।