सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

प्रतिनिधिसभा बैठक जारी [LIVE]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ भदौ, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा बैठक जारी [LIVE]
काठमाडौं, भदौ १३ :

प्रतिनिधिसभाको बैठक बसिरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा सांसद्हरुले विभिन्न विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरिरहेका छन् ।

बैठकको कार्यसूचीअनुसार प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेछन् ।

यस्तै सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची छ ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले बैठकमा सम्बोधन गर्ने कार्यसूची पनि तय छ ।
हेर्नुहोस् लाइभ :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार