शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति भिडियो

सभामुखको अपिल- सदनलाई लयमा फर्काऔं, रास्वपा र राप्रपाले टेरेनन् [भिडियोसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ भदौ, २०८२ मा प्रकाशित
सभामुखको अपिल- सदनलाई लयमा फर्काऔं, रास्वपा र राप्रपाले टेरेनन् [भिडियोसहित]
काठमाडौं, भदौ १३ :

सभामुख देवराज घिमिरेले सदनलाई मूल लयमा फर्काउन अपिल गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले आकस्मिक समयअघि आफ्ना भनाइ राख्दै यस्तो अपिल गरेका हुन् ।

रास्वपा र राप्रपाले लगातार संसद् बहिष्कार गर्दै आएका छन् । ‘भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेन्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन,’ सभामुखले भने, ‘यस सम्बन्धमा सहमतिका लागि म आफैँले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएकोबारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ । यसका बाबजुद पनि म आज पनि सहमतिका लागि प्रयत्नशील रहेको छु । तर सदन सुचारु बनाउन सरकार र राजनीतिक दलहरूबिच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्तित छु ।’

त्यस्तै उनले यसरी बैठक सुरु हुनासाथ ‘असहमति प्रदर्शन’ गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीन रूपमा हानिकारक साबित हुनसक्ने बताए । ‘हामी भविष्यलाई के सन्देश दिइरहेका छौं भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ । संसद् केवल असहमति अभिव्यक्त गर्ने स्थल मात्र होइन, राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो,’ घिमिरेको भनाइ छ ।

उनले सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहेका दल तथा सबै माननीय सदस्यलाई संवादको वातावरण सिर्जना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपिल गरे । सभामुखको अपिलपछि बोलेका रास्वपा र राप्रपाका सांसद्ले समय मागेर आफूले आफ्ना धारणा राखे । अनि सभामुखको अपिल बेवास्ता उनीहरु सदनबाट बाहिरिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार