सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
अर्थतन्त्र

बिमा प्राधिकरणको अध्यक्षमा आवेदन खुल्यो, ५ वर्षको अनुभव चाहिने

तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले अध्यक्षको लागि आवेदन दिन सक्नेछन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ भदौ, २०८२ मा प्रकाशित
बिमा प्राधिकरणको अध्यक्षमा आवेदन खुल्यो, ५ वर्षको अनुभव चाहिने
काठमाडौं, भदौ १४ :

नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले शनिबार सूचना प्रकाशन गरी योग्यता भएका इच्छुक नेपालीलाई प्राधिकरणको अध्यक्ष पदका लागि ७ दिनभित्र आवेदन दिन अनुरोध गरेको हो । यसअघिको आह्वानमा १५ दिनको व्यवस्था रहेकामा यसपटक घटाइएको छ ।

बिमा ऐन २०७९ को दफा ८ (१) बमोजिम तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले अध्यक्षको लागि आवेदन दिन सक्नेछन् ।

सूचनामा भनिएको छ, ‘खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले देहायको योग्यता भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा गोप्य खामबन्दी आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने पनि सूचनामा भनिएको छ ।

यही भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझालाई खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेपछि अध्यक्षको पद रिक्त छ ।

यसपछि भदौ ९  गते बसेको मन्त्रिपरिषद् बैठकले बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ-सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार