मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

निजामती विधेयकमा २ वर्षको कुलिङ पिरियड राख्ने सहमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ भदौ, २०८२ मा प्रकाशित
निजामती विधेयकमा २ वर्षको कुलिङ पिरियड राख्ने सहमति
काठमाडौं, भदौ १४ :

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति बैठकमा निजामती विधेयकमा  २ वर्षको कुलिङ पिरियड राख्ने सहमति भएको छ।

शनिबारको बैठकमा निजामती कर्मचारीहरूको अवकाशपछि सरकारी नियुक्तिमा जानका लागि २ वर्षको कुलिङ पिरियड राख्ने सहमति भएको हो।

सांसदहरूले कुलिङ अफ पिरियड राजपत्राङ्कित उच्च तहका कमचारी (मुख्यसचिव, सचिव, सहसचिव) लाई लागू हुने तर सोभन्दा मुनिको कर्मचारीलाई लागू नहुने व्यवस्थामा सहमति जनाएका छन् ।  ‘कुलिङ अफ पिरियड’ को व्यवस्था अनुसार, कर्मचारीहरूले आफ्नो अवकाशपछि तत्कालै अन्य सरकारी पदमा नियुक्ति पाउने छैनन् ।

समिति सभापति तुलसाकुमारी दाहालले समितिमा सहमति भएका व्यवस्थालाई भाषा मिलाएर प्रतिवेदन लेखन गर्न समिति सचिवालयलाई निर्देशन दिइन्। यो व्यवस्था निजामती सेवासम्बन्धी विधेयकमा समावेश गरिनेछ।

समिति सदस्य बेदुराम भुसालका अनुसार, प्रतिनिधिसभाबाट भएको गल्तीलाई सच्याउने र कुलिङ अफ पिरियड राख्ने सहमति प्राप्त भएको छ। उनले भने, ‘२ वर्षको कुलिङ अफ पिरियड राख्ने सर्वसम्मत सहमति भएको छ।’ यस सहमतिको आधारमा अब निजामती सेवासम्बन्धी विधेयक अघि बढ्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार