मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
खेलकुद क्रिकेट

राजस्थान रोयल्सको मुख्य प्रशिक्षक राहुल द्रविडले दिए राजीनामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ भदौ, २०८२ मा प्रकाशित
राजस्थान रोयल्सको मुख्य प्रशिक्षक राहुल द्रविडले दिए राजीनामा
नयाँदिल्ली, भदौ १४ :

इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि राजस्थान रोयल्स क्रिकेटको मुख्य प्रशिक्षक रहेका भारतका महान ब्याट्सम्यान राहुल द्रविडले सो पदबाट राजीनामा दिनुभएको छन् ।

टोली व्यवस्थापनको संरचनागत समीक्षापछि ५२ वर्षीय द्रविडलाई ‘थप विशेष जिम्मेवारी’ को प्रस्ताव गरिएको भएपनि पूर्व भारतीय कप्तानले उक्त प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘मुख्य प्रशिक्षक राहुल द्रविडले आइपिएल २०२६ अघि फ्रेन्चाइजीमा आफ्नो कार्यकाल समाप्त गर्नुहुनेछ ।’

द्रविड यस वर्षको टी–२० प्रतियोगिताअघि मुख्य प्रशिक्षकको रूपमा टोलीमा आएको थियो तर राजस्थान प्लेअफमा १० टोलीको तालिकामा निराशाजनक नवौं स्थानमा रहेपछि उनको भूमिकाप्रति प्रश्न उठेको थियो।

द्रविड पहिलो पटक सन् २०११ मा राजस्थानमा खेलाडीका रूपमा सामेल भएका थिए भने सन् २०१२ र २०१३ मा दुई सिजन राजस्थानको कप्तानी गरेका थिए ।  

उनले २०१४ मा एक टीम निर्देशकको रूपमा सेवा गरे भने त्यसको एक वर्ष पछि संरक्षकको रूपमा सेवा गरेका थिए ।

सन् २०१२ मा द्रविडले सन्यास लिनुअघि १६४ टेस्ट म्याचमा १३ हजार २८८ रन बनाएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार