सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच तियान्जिनमा भेट

सम्बन्ध गहिरो र विशेष भएको मोदीको प्रतिक्रिया
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ भदौ, २०८२ मा प्रकाशित
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच तियान्जिनमा भेट
काठमाडौं, भदौ १५ :

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच तियान्जिनमा आइतबार साइडलाइन भेटवार्ता भएको छ।

सांघाई सहयोग संगठन (एससीओ) को २५ औँ शिखर सम्मेलनको अवसर पारेर भएको यस भेटको तस्बिर प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल 'एक्स' मार्फत सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई ‘गहिरो र विशेष’ भनेका छन्।

‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई भेट्न पाउँदा खुसी लाग्यो। भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले एक्समा लेखेका छन्। भेटका क्रममा प्रधानमन्त्री ओलीसँग उनकी पत्नी राधिका शाक्य पनि उपस्थित थिइन्।

प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन अहिले चीनमा छन्।  उनले राष्ट्रपति सी चिनफिङसँग  भेटवार्ता गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई नेपाल–चीन सम्बन्ध मजबुत बनाउने अवसरको रूपमा हेरिएको छ भने तियान्जिनमा भएको ओली–मोदी भेटले नेपाल–भारत सम्बन्धलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार