
त्रिभुवन विश्वविद्दयालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले बि.एड तहको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने वा नपर्नेबारे सरोकारहरुसंग छलफल गरेको छ ।
शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले सवै सरोकारवाला पक्षसँग वृहत छलफल गरी राय मागेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले समय सापेक्ष पाठ्यक्रम परिवर्तन हुनुपर्ने र सवैका विचारलाइ समेटी पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिए ।
शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा. वेदराज आचार्यले अबको पाठ्यक्रम ज्ञान निर्माण एवं सीप सिकाइसगँ मेल खानुपर्ने बताएका छन् । उनले शिक्षाशास्त्र सङ्कायको पाठ्यक्रम विद्यालय तहको पाठ्यक्रमसगँ एकिकृत हुनुपर्नेमा जोड दिए।
त्यसैगरी शिक्षाध्यक्ष प्रा.डा. खड्क के.सी.ले कार्यक्रम अत्यन्त सान्दर्भिक रहेको बताउदै ज्ञान निर्माणमा यस्तो किसिमका कार्यशालाले विशेष भुमिका खेल्ने बताए ।
त्यसैगरी कार्यक्रममा टक्सेस परियोजनाका संयोजक एजा रिताले उक्त परियोजनाले समबयाबय सहयोग गर्ने क्षेत्र भएका कार्यक्रमहरुको चर्चा गरेका थिए।
उक्त कार्यक्रममा टक्सासको तर्फवाट फिनल्याण्डका शिक्षक शिक्षाको वारेमा डा.मैजा माकिनेनले पेपर प्रस्तुत गरे ।
शिक्षक सक्षमता प्रारुप वारेमा शैक्षिक तथा मानव श्रोत विकास केन्द्रवाट र शिक्षक छनौट आधारका सम्बन्धमा शिक्षक सेवा आयोगका तर्फवाट चन्द्रकान्त भुषालले प्रस्तुतिकरण गरेका थिए।
त्रिभुवन विश्वविद्यालयको तर्फवाट सह-प्राध्यपक डा. ध्रुव निउरे र डा.प्रेम पौडेलले संयुक्त रुपमा प्रस्तुतीकरण गरेका थिए ।
उक्त कार्यक्रममा प्यानल छलफल समेत गरिएको थियो । छलफल कार्यक्रमको सञ्चालन प्रा.डा. पेसल खनालले गर्नुभएको थियो भने प्यानलिष्टको रुपमा पाठ्यक्रम बिकाश केन्द्र, शिक्षक सेवा आयोग, रास्ट्रिय परिक्षा वोर्ड, शैक्षिक मानव तथा श्रोत विकास केन्द्र, विश्ववैङ्क एवं युनेस्कोलाई सहभागीता गराइएको थियो।
पूर्व डीन प्रा.डा.प्रकासमान श्रेष्ठ एवं शिक्षाविद वासुदेव काफ्लेले शिक्षाशास्त्र सङ्कायले पाठ्यक्रम निर्माण गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने कुरामा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन उप-प्रा.डा.कमल देबकोटाले गर्नु भएको थियो। सो कार्यक्रममा ६० जना भन्दा वढी सहभागी थिए।
कार्यक्रममा पाठ्यक्रम बिकाश केन्द्र, शिक्षक सेवा आयोग, रास्ट्रिय परिक्षा वोर्ड, शैक्षिक मानव तथा श्रोत विकास केन्द्र, विश्वविद्यालय अनुदान आयोग, क्याम्पस प्रमुखहरु, विश्वविद्यालयका प्राध्यपक तथा विद्यालयका प्रध्यानाध्यापक हरुको सहभगीता रहेको थियो ।